नियम ६
एमेच्योर रेडियो
(१) लाइसेन्स दिने अधिकारीले देहायका योग्यता पुगेका व्यक्तिलाई एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लाइसेन्स दिन सक्नेछः–
(क) १६ वर्ष उमेर पुगेको नेपाली नागरिक,
(ख) नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो बोल्न, लेख्न सक्ने,
(ग) नेपाल सरकार, सञ्चार मन्त्रालयबाट स्वीकृत पाठ्यक्रम बमोजिम लिएको लिखित तथा मौखिक परीक्षामा उत्तीर्ण गरेको ।
(२) नेपाल सरकार, सञ्चार मन्त्रालयले उचित ठानेमा विदेशी नागरिकलाई समेत छोटो अवधिको लागि एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालकको लाइसेन्स दिन सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम लाइसेन्स दिंदा लाइसेन्सको तह, श्रेणी र रेडियो फ्रिक्वेन्सीहरूको प्रयोग र अपरेटि· स्टाण्डर्ड नेपाल सरकार, सञ्चार मन्त्रालयबाट तोके बमोजिमको हुनेछ ।